बाराको भलुहीमा टोल सुधार समिति गठन


बारा, वैशाख ३० । बाराको फेटा गाउँपालिका वडा नं १ भलुहीमा टोल सुधार समिति गठन गरिएको छ । आइतबार बिहान करिब ७ बजे भएको स्थानीय भेलाले टोल सुधार समिति गठन गरिएको हो ।
फेटा गाउँपालिका वडा नं १ भलुहीस्थित बगैचा कटेजमा भएको स्थानीय भेलाले प्रेम साहको नेतृत्वमा ३० सदस्यीय टोल सुधार समिति गठन गरिएको जनाइएको छ । टोल सुधार समिति भलुहीका संयोजक प्रेम साहका अनुसार टोलमा हुने गरेको भ्रष्टाचार, अनियमितता लगायतको कार्यलाई ध्यानमा राख्दै अगाडी बढ्ने बताएका छन ।
उनका अनुसार भलुही टोलमा सबै भन्दा पहिला नालाको अवाश्यकता रहेको र हालसम्म स्थानीय निकायले पहल समेत अगाडी नबढाएको बताउदै नाला निर्माणको बिषयलाई सम्बन्धीत निकायमा पुरयाई निर्माण गराउनेतर्फ अग्रसर हुने बताए । उनले टोल सुधार समितिको सम्पूर्ण कार्यसमितिलाई एक ढिक्का भएर अगाडी बढे मात्र नाला निर्माणको कार्य सुचारु हुन सक्ने बताए ।
यता फेटा गाउँपालिकाको समाजसेवी तथा पत्रकार उमेश दुबेले भ्रष्टाचार समाप्त पार्ने हो भने टोल टोलमा सुधार समिति गठन गर्न आजको अवाश्यकता रहेको बताएका छन । उनले वडा नम्बर कै रजवटीयामा गठन गरिएको टोल सुधार समितिका कारण स्थानीयले खाने पानीको बारिङ समेत ल्याउन सफल भएका छन । तर आधा अधुरो काम गर्ने पहिलाकै बानि झै स्थानीय पालिकाले पाइप दिन नसकेको आरोप लगाए । भ्रष्टाचार निराकरण, अनियमितता, जनताको अवाश्यकता बमोजिम टोल सुधार समिति काम गर्ने विश्वास सहित अगाडी बढिएको दुबेले बताए ।
टोल सुधार समिति गठनले स्थानीय हर्षित मात्र भएका छैनन्, स्थानीय स्तरमा बढ्दै गएको भ्रष्टाचार निराकरण गर्न सकिने भएकोले स्थानीय स्तरमा नेताहरु माथि हराउदै गएको विश्वास फेरी पलाएको सहजै बुझन सकिन्छ ।























