नवलपुरबाट लागू औषधसहित एक युवक पक्राउ

नवलपुर टुडे
२०८१ बैशाख १० | बिहान ०७:०१ बजे

नवलपुर, वैशाख १० । नवलपुरमा प्रतिबन्धित लागू औषध सहित एक युवक पक्राउ परेका छन् ।
शनिबार बेलुकी साढे ७ बजेको समयमा कावासोती नगरपालिका वडा नं १६ चालिस किलो जंगल स्थित पूर्व पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ५ ख ७६३३ नं.को बसबाट नवलपुर प्रहरीले प्रतिबन्धित विभिन्न नाम गरेका ६०० एम्पुल लागू औषध सहित लम्जुङ बेसिशहरका २० वर्षीय अनिल थापालाई पक्राउ गरेको हो ।
पक्राउ परेका थापाको झोलाबाट नुफिन २०० एम्पुल, फेनेरागन २०० एम्पुल, डाईजापाम २०० एम्पुल गरी जम्मा ६०० एम्पुल प्रतिबन्धित लागू औषध फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।























