नयाँ वर्षसँगै पूर्वमा सिरुवा पर्व सुरु

रासस


दमक । नयाँ वर्ष सुरु भएसँगै पूर्वका आदिवासी कोच समुदायको मुख्य चाड सिरुवा सुरु भएको छ । पूर्वी तराईमा बस्दैआएका राजवंशी, ताजपुरिया, थारु, गनगाई, माझीलगायतका आदिवासी कोच समुदायले आजदेखि तीन दिनसम्म धुमधामका साथ सिरुवा पर्व मनाउँदैआएका छन् । विशेष पर्वका रुपमा मनाउँदै आएको यस सिरुवाअन्तर्गत आज नयाँ वर्षको पहिलो दिन जल (पानी) सिरुवा मनाउने गरिन्छ ।
२ गते काद सिरुवा र ३ गते रङ सिरुवा खेलेर एकआपसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदानप्रदान गर्दै सामूहिकरुपमा हर्षोल्लासका साथ पर्व मनाउने गरिएको गौरीगञ्जका पुराना पत्रकार आत्माराम राजवंशी बताउँछन् ।
उनका अनुसार चैत मसान्तमा विभिन्न प्रकारका सातवटा सागसब्जी मिसाएर पकाएको पक्वान वैशाख १ गते खाने प्रचलन छ । अन्य मीठा–मीठा परिकारसमेत खाने गरिन्छ । सिरुवा पर्वमा ठाकुरविसरी, ठाकुरब्रम्हानी, बिसहरी, काली देवीदेवताको पुजा गर्ने चलन छ । पर्वकै अवसरमा संस्कृति झल्कने खालको नाचगान गरिने उनले बताए ।
सिरूवा विशेष कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुका साथै आदिवासी सामुदायको परम्परागतगत ढोलसना नाच, नटुवा नाच, घाटोसरी गीत र आधुनिक गीतलगायत विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिआएको पाइन्छ । सिरूवा उत्सवसँगै रङ खेल्ने कार्यक्रम रहेको छ । पानी सिरुवा, काद सिरुवा र काद सिरुवा सामूहिकरुपमा खेल्ने गाजीमुरी (चना भुजा) खाने, वोरी (चना दालले बनेको परिकार) खाने चलन रहेको छ ।
नयाँ वर्ष आउनु चार–पाँच दिन पहिलेदेखि एउटा शुद्ध भाँडोमा साजीको मूर्ति राखेर घरघरमा मागी हिँड्ने (भादाखेली) अनि बङ्गला पात्रोअनुसार वैशाख १ गतेका दिन नदीमा पूजा गरी सेलाउने चलन छ । यो साजी देउताको पूजा महिलाले मात्र गर्ने चलन छ ।
सिरुवाको दिनादेखि झापाको कमल–६ स्थित जिम्दार चोकको मन्दिर, मोरङको रतुवामाई नगरपालिकाको सुनवर्षीलगायतका आदिवासी बाहुल बस्तीमा परम्परागत सांस्कृतिक मेला लाग्दै आएका छन् ।

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
अरुपनि पढ्नुहोस
सबै
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
















