काठमाडौंको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

जगत ठाडा मगर
२०८० माघ २३ | मध्यान्ह १२:१० बजे

काठमाडौं, माघ २३ । काठमाडौंको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित सडकमा मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दिपक राईको मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका राईको केएमसी अस्पतालमा उपचारको क्रममा सोमबार बेलुकी मृत्यु भएको हो । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।























