भारतबाट पिना बोकेर चितवन आउँदै गरेको ट्रक नवलपुरको विनयी त्रिवेणीमा दुर्घटना

जगत ठाडा मगर
२०८० माघ २३ | बिहान ०७:१० बजे

नवलपुर, माघ २३ । नवलपुरमा गएराती ट्रक दुर्घटना भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत विनयी त्रिवेणी गाउँपालिका – २ विश्वकर्मा मन्दिर नजिकै राती करिब २:४० बजेको समयमा ट्रक दुर्घटना भएको हो ।
भारतको सुनौलबाट चितवनको नारायणगढतर्फ आउँदै गरेको यूपी ५३ यूटी २१३० नम्बरको पिना लोड ट्रक चालकले नियन्त्रण गुमाएर पल्टिन गएको नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।
दुर्घटनामा मानवीय क्षती नभएको र गाडीमा मात्रै आंशिक क्षेती भएको सूचना अधिकारी पौडेलले बताए । अहिले ट्रक घटनास्थलमै रहेकाले बाटो एक तर्फी मात्र सुचारु रहेको छ । प्रहरी टोली खटी गई बाटो खुलाउने कार्य भईरहेको पौडेलले जानकारी दिए ।























