दुर्घटना

नापी कार्यालय सर्लाहीका प्रमुख सवार गाडी दुर्घटना, ११ जना घाइते

जगत ठाडा मगर
२०८० माघ २३ | बिहान ०६:१० बजे

सर्लाही, माघ २३ । मलङ्गवा नगरपालिका–१० गम्हरियामा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

मलङ्गवा नवलपुर सडकखण्डमा जिल्ला नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धर सवार भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप र उखु बोकेको ज.२ च १०६४ नम्बरको ट्याक्टर आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारूले जानकारी दिए ।

दुर्घटनामा नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, विनोद घिमिरे, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन् । 

घाइतेमध्ये ४ जना गम्भिर, ४ जना मध्यम र ३ जना सामान्य घाइते भएका छन् । घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि पर्साको वीरगन्ज पठाएको प्रहरीले जनाएको छ ।

कमेन्टहरु