काँग्रेस सभापति देउवाले गरे नेपाल थारू संघमा ९८ जना केन्द्रीय सदस्य मनोनीत

जगत ठाडा मगर
२०८० माघ १४ | बिहान ११:१० बजे

काठमाडौं, माघ १४ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल थारू संघको केन्द्रीय कार्यसमितिमा ९८ जना मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले आइतबार बिहान संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जनालाई मनोनीत गरेका हुन् ।
शिवनारायण महतो गुरौको अध्यक्षतामा गठित नेपाल थारू संघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाबाट ९८ जनालाई मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
























