देश

रुपन्देहीमा निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शनमा उत्रने युवक पक्राउ

नवलपुर टुडे
२०७८ जेष्ठ २३ | मध्यान्ह ०४:०२ बजे

रुपन्देही । रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरी आइतबार लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालय घेराउ गर्ने तयारीमा रहेका एक युवा रुपन्देहीमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका ३ का ३० वर्षीय अर्जुन कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले बताए ।

निषेधाज्ञाको अवज्ञा गर्दै सार्वजनिक रुपमा निषेधाज्ञाको उलंघन गर्ने अपिल गर्दै हिडेको आरोपमा कुर्मीलाई प्रहरीले पक्राउ गरेको हो । आज आइतबार सबै बजार खुलाउने भन्दै सार्वजनिक रुपमा आग्रह गर्दै शनिबार साँझ लुम्बिनी सांस्कृतिक नगरपालिकामा युवाहरूको एक समूहले निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेका थिए ।

कुर्मीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही अगाडी बढाउने प्रहरी प्रवक्ता थापाले बताए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले द्रोसो लहरको कोरोना रोकथाम तथा नियन्त्रणका लागि रुपन्देहीमा बैशाख १६ गते देखि लगाइएको निषेधाज्ञा जेठ ३१ गतेसम्म निरन्तर निषेधाज्ञा जारी गरेको छ ।

कमेन्टहरु