दुर्घटना

गुडिरहेको बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

जगत ठाडा मगर
२०८० पुस २३ | बिहान ११:०९ बजे

चितवन, पुस २३ । चितवनको राप्ती नगरपालिका–१ महादेवटारमा गुडिरहेको बसमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिकाका–१ बस्ने ४७ वर्षीय अर्जुन तामाङ रहेका छन् ।

आइतबार राति ८ः४५ बजे हेटौंडाबाट भण्डारातर्फ आउँदै गरेको ना ३९ प ५०४८ नम्बरको मोटरसाइकल विपरित दिशाबाट जाँदै गरेको बा प्र ०३–००१ ख २५३६ नम्बरको यात्रुबहाक बसको पछाडि पट्टिको साइडमा ठोक्किएको थियो ।

बसमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा राति ११ बजे डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

कमेन्टहरु