गण्डकी प्रदेश, दुर्घटना

पुर्वी नवलपरासीमा जन्ती सवार स्कोर्पियो दुर्घटना दुईजना घाईते

जगत ठाडा मगर
२०८० मंसिर १३ | बिहान १०:०८ बजे

कावासोती, मंसिर १३ गते । पुर्वी नवलपरासीको मध्यबिन्द- १० सानो खहरेस्थित पूर्व पश्चिम राजमार्गमा काठमाण्डौँबाट कपिलबस्तु जाँदै गरेको बा १५ च ८०६८ नम्बरको जन्ती बोकेको स्कोर्पियो दुर्घटना हुदाँ दुईजना घाईते भएका छन ।

घाईते हुनेमा कपिलबस्तु बाणगंगा नगरपालिका- १ बस्ने बर्ष ३५ को देबराज गिरी (चालक) र रुपन्देही सैनामैना नगरपालिका- १ बस्ने बर्ष ५४ को टिकाराम भट्टराई (सवारी) रहेका छन ।

आज बिहान करिब ६:३० बजे स्कोर्पियो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल पल्टिन जाँदा दुर्घटना भएका हुन । उक्त स्कोर्पियोमा चालकसहित १० जना सवार थिए । घाइतेहरुको अबस्था सामान्य र अन्य सवारी सकुशल रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बेद बहादुर पौडेलले जानकारी दिए ।

घाईतेहरुको प्र.स.नि.चित्र बहादुर के.सी.को कमाण्डमा ५ जनाको टोलीले उद्वार गरी मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका लागि पठाइएकोसमेत पौडेलले जानकारी दिए ।

कमेन्टहरु