पोखराको एक होटलमा एक युवतीको मृत्यु

नवलपुर टुडे
२०८० मंसिर ६ | मध्यान्ह ०७:०८ बजे

पोखरा । पोखराको एक होटलमा युवतीको मृत्यु भएको छ । नागढुंगास्थित एक होटलमा गएराती तनहुँ भीमादकी ३८ वर्षीय सुकु विकको मृत्यु भएको हो । मंगलबार साँझ ७ बजे होटल पुगेकी उनी बेहोस भएको भन्दै होटल सञ्चालकले चरक मेमोरियल अस्पताल लगेको थिए ।
चेकजाँचका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की प्रहरीका अनुसार उनी विगत २ वर्षदेखि नागढुंगाकै एक रेष्टुरेण्टमा काम गर्दै आएकी थिइन् । घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । उनका अनुसार अनुसन्धानका क्रममा शंकास्पद ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


















