हात-खुट्टा बाँधिएको अवस्थामा बोराभित्र भेटियो महिला र पुरूषको शव

नवलपुर टुडे
२०८० मंसिर ६ | मध्यान्ह ०२:०८ बजे

भरतपुर, मंसिर ६ । चितवनमा बोराभित्र पोको पारेको अवस्थामा दुइटा शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोकस्थित कल्भर्टमा बोराभित्र शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
डिएसपी पण्डितका अनुसार बुधबार दिउँसो शव फेला परेको हो । ‘अन्दाजी ३० वर्षका पुरूष र महिलाको शव जुटको बोराभित्र फेला परेको छ,’ उनले भने, ‘दुबै जनाको हात-खुट्टा बाँधिएका छन् ।’
खोलामा माछा मार्न गएका एक व्यक्तिले गन्ध आएपछि बोरा देखेर शंका लागी प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरिएको जनाएको छ । शवको सनाखत हुन बाँकी छ ।























