गण्डकी प्रदेश, धर्म–संस्कृति/रीतिथिति
बिहिवार हरिबोधिनी एकादशीमा गैँडाकोट नगरपालिकामा सार्वजनिक बिदा

नवलपुर टुडे
२०८० मंसिर ५ | मध्यान्ह ०५:०८ बजे

गैँडाकोट, मंसिर ५ । पर्सी मंसिर ७ गते बिहीबार परेको हरिबोधिनी एकादशीको अवसरमा पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सार्वजनिक बिदा दिएको छ ।
गैँडाकोट नगरपालिकाले गत चैतमा गरेको निर्णण अनुसार नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो ।
२०७९ चैत्र ४ गते बसेको गैँडाकोट नगरपालिका कार्यपालिकाको बैठकले संघीय तथा प्रदेश सरकारबाट तोकेका बिदाका अतिरिक्त हरिबोधिनी एकादशीमा बिदा दिने निर्णय गरेको थियो ।























