बुलिङटार गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि जग्गा दान गर्न ६ जनाको प्रतिबद्धता


कावासोती, मंसिर ५ । बुलिङटार गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोही गाउँपालिका- ३ बस्ने समाजसेवी कोषराज पौडेल लगायत ६ जनाले निशुल्क जग्गा दान गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
उनले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बाबुराम तिवारी, शिक्षा अधिकृत बुद्धप्रसाद रानाभाट र वडा नम्बर- ३ का वडाध्यक्ष बिष्णुवीर जर्घा मगरको रोहबरमा उक्त प्रतिबद्धता-पत्र सोमबार हस्तान्तरण गरेका हुन । अहिलेसम्म उनी लगायत ६ जनाले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि जग्गा निशुल्क दान गर्ने प्रतिबद्धता-पत्र पेश गरेको बुलिङटार गाउँपालिकाका सुचना अधिकारी सिताराम खनालले नवलपुर टुडेलाई जानकारी दिए ।
तिहार अगाडि गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि पायक पर्ने स्थानमा जग्गा उपलब्ध गराउन १५ दिने सुचना सार्बजनिक गरेका थिए ।
सो सूचना जारी पछि समाजसेवी कोषराज पौडेल लगायत ६ जनाले पालिकाको प्रशासनिक भवन निर्माणका लागि आबश्यक पर्ने जग्गा निशुल्क दान गर्ने प्रतिबद्धता-पत्र गाउँपालिकाको कार्यालयमा बुझाएका हुन । पौडेलले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ६ रोपनी ८ आना जग्गा दान गर्ने प्रतिबद्धता-पत्र पालिकामा बुझाएका छन ।
सो सम्बन्धी प्रक्रियागत रुपमा पालिकाको निदेशिका अनुसार उचित रहेको जग्गा छनविन गरेर उपयुक्त जग्गा दातालाई छान्ने अधिकार जिल्ला प्रशानसन कार्यालयको रहेको सुचना अधिकारी खनालले जानकारी दिए ।























