झापाको दमकमा धारिलो हतियार प्रहार गरी एक युवाको बीभत्स हत्या

नवलपुर टुडे
२०८० अशोज १२ | बिहान ०८:०६ बजे

दमक, असोज १२ गते । झापाको दमकमा धारिलो हतियार प्रहार गरी एक युवकको बीभत्स हत्या भएको छ । हत्या हुनेमा इलामको चुलाचुलीस्थित पेल्टिमारीका २५ वर्षीय गोविन्द लिम्बु रहेको छ ।
शुक्रबार बिहान करिब ३ बजेतिर आफ्नै साथीहरूको समूहले लिम्बुको बीभत्स हत्या गरेको प्रहरीले जनाएको छ । रातभर दमक – १ स्थित एक होटेलमा सँगै मादक पदार्थ खाँएर विवाद हुँदा हत्या भएको हो ।
इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोज लामाका अनुसार केही ब्याक्तिहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मुख्य हतियार प्रयोग गर्ने ब्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको पनि लामाले जानकारी दिए ।






















