पूर्व आईजीको पीएसओकी पत्नी गोली लागेको अवस्थामा भेटिइन्

नवलपुर टुडे
२०८० अशोज ११ | बिहान ०६:०६ बजे

काठमाडौँ, असोज ११ । काठमाडौँको महाराजगञ्नमा पूर्व आईजीपी ध्रुब बहादुर प्रधानको सुरक्षामा खटिएका (पीएसओ)की पत्नी गोली लागेको अवस्थामा भेटिएकी छन् । प्रधानको पिएसओ लक्ष्मण चौधरीकी पत्नी सर्मिला चौधरी गोली लागेको अवस्थामा आफ्नै डेरामा भेटिएकी हुन् ।
काठमाडौँ महानगरपालिका–४ पञ्चकन्यास्थित डेराबाट उनलाई उद्दार गरेर त्रिवि शिक्षण अस्पतालमा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए । एसपी ढुंगेलका अनुसार सर्मिलाको कोखामा गोली लागेको छ । पीएसओले बोक्ने पेस्तोलबाट सर्मिला आफैंले गोली चलाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटना हुँदा असई लक्ष्मण डेरामा थिएनन् ।
घटनाबारे प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापा नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । अहिले सर्मिलाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।






















