धर्म–संस्कृति/रीतिथिति

राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक पठानले दिए मोहम्मद ‘डे’ को शुभकामना

नवलपुर टुडे
२०८० अशोज १० | मध्यान्ह ०९:०६ बजे

कपिलवस्तु, असोज १० । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष तथा राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालका संरक्षक र जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता युवा नेता अकरम पठानले मुस्लिम धर्मावलम्बीहरूले मनाउने इस्लाम धर्मका प्रचारक पैगम्बर मोहम्मदको जन्मोत्सवको उपलक्ष्यमा मनाइने मोहम्मद डे को शुभकामना व्यक्त गरेका छन् ।

पठानले स्वदेश तथा विदेशमा रहनु भएका मुस्लिम धर्मावलम्बी तथा सम्पूर्ण नेपालीमा असोज ११ गते बिहीबारका दिन मोहम्मद डे परेकाले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सोही मोहम्मद डे को अवसरमा सुस्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामनासहित पठानले सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।

कमेन्टहरु