दुर्घटना

दाङमा बस दुर्घटना, २५ जना घाइते

नवलपुर टुडे
२०८० अशोज ९ | बिहान ०९:०६ बजे

दाङ, असोज ९ । काठमाण्डाैबाट सुर्खेतका लागि छुटेकाे रात्रिबस दाङमा दुर्घटना भएको छ ।

कर्णाली प्रदेश ०२-००१ ख ०३६२ नम्बरको बस आज बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका – ९ शिवखोलामा दुर्घटना भएको हाे । 

दुर्घटनामा २५ जना यात्रुहरु घाइते भएका छन् । उनीहरुकाे उद्धार गरेर उपचारका लागि अस्पतालमा पठाउने काम भइरहेकाे प्रहरीले जनाएकाे छ । गम्भीर घाइते भएकाहरुलाई भने लमही अस्पताल पठाइएकाे छ । 

दुर्घटनाकाे कारण खुल्न बाँकी रहेकाे प्रहरीले जनाएको छ । 

कमेन्टहरु