दुर्घटना

चाबहिलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

नवलपुर टुडे
२०८० अशोज २ | मध्यान्ह ०१:०६ बजे

काठमाडौं, असोज २ । काठमाडौको चाबहिलमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

सोमबार बेलुकी काठमाडौं महानगरपालिका – ७ चाबहिलस्थित सडकमा प्रदेश १ ०२-०५० प ६७८९ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल ठोक्किएका थिए । 

उक्त दुर्घटनामा बा.प्र.०२-०४४ प २८५० नम्बरको मोटरसाइकल चालक काठमाडौं पुतलीसडक बस्ने वीरगंज महानगरपालिका – १४ का ३२ वर्षीय पर्शुराम महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु