पुर्बका दुई जिल्ला जोड्ने सगरमाथा राजमार्गका बेलिब्रिज जेठ १० देखि हटाइने


उमेश भुजेल
खोटाङ । उदयपुर र खोटाङ जोड्ने सगरमाथा राजमार्गमा बेलिब्रिज आगामी जेष्ठ १० गते बाट खोलेर हटाइने भएको छ । गाईघाट दिक्तेल सडक आयोजना उदयपुरले एक विज्ञप्ती जारी गर्दै उक्त बेलिब्रिज आगामी जेठ १० गते देखी खोल्न सुरु गरिने जानकारी गराएको हो । बेलिब्रिज खोलीने भएपछि खोटाङ, भोजपुरका मानिसलाई यात्रा गर्न असहज हुने भएको छ ।
खोटाङ र उदयपुरवीचको छोटो दुरीको सडक संजालको रुपमा रहेको राजमार्गमा हिउँदमा बेलिब्रिज लागाइन्छ भने वर्खा भएसंगैे बेलिब्रिज खोल्ने गरिन्छ । यस कारण सर्वसाधरण मारमा परेका छन । गाईघाट–दिक्तेल सडकको मध्य भागमा पर्ने फोक्सीनटार स्थित सुनकोशी नदीमा बेलिब्रिज खोले पछि सवारीका साधन वारपार हुन सक्दैनन् ।
उक्त ५० मिटर लामो बेलिब्रिज खोले पछि सवारीका साधन तराई झर्नको लागि उदपुरको घुर्मी कटारी हुदै आवतजावत गर्ने गर्दछन् । यसले गर्दा खोटाङ र भोजपुरका बासिन्दालाई तराई झर्न र कृषिउपज र बस्तु बजारसम्म पुर्याउन असहज भएको हो । सुनकोशी नदीमा पक्की पुल निर्माणका लागि ठेक्का लगाएपनि निर्माण कार्य अझै सम्पन्न नभएपछि विकल्पका रुपमा
बेलिब्रिज लगाईएको थियो ।























