खोटाङका कृषक चिन्तित फौजीकिराको आतंक, संमबन्धित निकाय मौन


उमेश भुजेल
खोटाङ । खोटाङमा फौजीकिराको प्रकोप फैलिदा किसानमाचिन्ता छाएको छ । जिल्लाको सबैजसो पालिकामा किराको प्रकोप फैलिदा किसानहरु मारमा परेका छन् । कृषि ज्ञान केन्द्र खोटाङको तथ्याङक अनुसार जिल्लाको १० वटै स्थानीयतहका
किसानले लगाएको ८ हजार २० रोपनी क्षेत्रफलजग्गामाफौजीकिराको प्रकोप फैलिएको छ । अन्नवालीलगाउन शुरु गरे लगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजीकिराको आतंकले जिल्लाका किसान चिन्तित बनेका छन् ।
जिल्लाको रावावेसी गाउँपालिका वडा नं ५ दुवेकोलमा फागुनको दोस्रो हप्ताबाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका ४ खाल्लेमा वैशाख पहिलो हप्ताबाट मकैमा फौजीकिरा देखिएको स्थानीय कृषकहरुको भनाई छ । अहिले दित्तेलरुपाकोट मझुवागढी नगरपालिकामा ३ हजार, रावावेसी गाउँपालिकामा २ हजार, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७/७ सय रोपनी क्षेत्रफलमा फौजीकिरा फैलिसकेको कृषी ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्दन यादवले बताउनुभयो ।
यस्तै जिल्लाको साकेलागाउँपालिका ६ सय केपिलासगढी गाउँपालिकामा ४ सय ५०, बराहापोखरी गाउँपालिकामा ३ सय रोपनी फैलिएको छ भने जनतेढुंगा गाउँपालिका ६० देखि७० रोपनी र हलेसी तुवाचुङ नगरपालिकाको वडा नं ९ सल्लेमा ५० रोपनी क्षेत्रफलमा फैसी सकेको अधिकृत यादवले बताउनुभयो । फौजीकिराको प्रकोप पछि कृषि ज्ञान केन्द्रले जिल्लाका १० वटै स्थानीय तहलाई आफूसंग भएको विषादी पठाइसकेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायणराईले बताउनु भयो ।
‘ज्ञान केन्द्रमा उपलब्धभएको विषादी वितरण भइसकेको छ । अरु विषादीको लागि मन्त्रालयबाट ल्याउने तयारी भइरहेको छ । कोरोना महामारीको र आर्थिक अभावकाकारण हामीले प्राविधिक फिल्डमा पनि पठाउन सकेका छैनौँ । ’ ज्ञान केन्द्र निमित्त प्रमुख राईको भनाई छ । अघिल्लो वर्ष केही गाउँपालिका र नगरपालिकामा मात्र देखिएको फौजीकिराको प्रकोप यस वर्ष जिल्लाका १० वटै स्थानीयतहमा फैलिएको छ ।
तीन–चार पातपलाउँदादेखि नै फौजीकिराले मकैको बिरुवालाई आक्रमण गरेपछि किसान चिन्तितबनेका छन् । गतवर्ष सबैभन्दा बढी क्षतिपुगेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा यस वर्ष पनि मकै छर्ने बित्तिकै फौजीकिराको प्रकोप देखिएको किसानले बताएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले, लफ्याङ, दिक्तेल, सोल्मा, खार्मी, पाथेका, नुनथला, विजयखर्क, जालपा लगायत वडा तथा खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, खोटाङबजार, सिम्पानी, लिच्कीराम्चेको तल्लो क्षेत्र, दिप्ररुङ चुइचुम्मा गाउँपालिकाको सबै वडाको बेँसी क्षेत्र, ऐसेलुखर्क गाउँपालिकाको माक्पा, ज्यामिरे, महेश्वरी लगायत वडामा फौजीकिराको प्रकोप फैलिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।























