देश

बुलिङ्गटार थामबेसीमा आगलागी एक घर जले, अस्लामी परिवारको बिचल्ली

जगत ठाडा मगर
२०७८ बैशाख ३१ | मध्यान्ह ०६:०१ बजे

टोल राना मगर

बुलिङटार । नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका वडा न.१ थामबेसीमा बुधबार राती ११ः३० बजे स्थानीय मुमन अस्लामी मगरको घरमा आगलागी भएको छ । आगलागीका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

IMG 20210514 180105 061

बिजुली शट भइ खरको छानामा पुगेको अस्लामी मगरले जानकारी दिए । बुलिङटार प्रहरी चौकिका इन्चार्ज पुरन केवतका अनुसार आठ लाख पच्पन्न हजार बराबरको क्षति भएको छ भने आगलागीका कारण अस्लामीको परिवार घर बिहिन भएको छ ।

 

पिडित अस्लामी मगरले गुनासो गर्दै भने “म एउटा किसान दिनभरीको कामको ठकान पछि बेलुका बुङगुरलाई दाना दिएर चुलोको आगो निभाएर खाना खाए अनि समाचार सुन्दै सुतेम राती चर्पि गर्न निस्किदा आधा छानो जलिसकेको रहेछ ।’’ उनले थपे “हतार हतारमा छोरा छोरी र कागज पत्र सम्म बचाउन सके तर अरु केही पनि बचाउन सकिएन।” आफुले लगाएको कपडा बाहेक केही पनि नबचेको दुखेशो पोख्दै श्रीमती मनिसा अस्लामीले भनिन “शरीरमा जति कपडा छ त्यो भन्दा अरु केहि पनि छैन। अन्नहरु पनि घरबाट बाहिर निकाल्न पाइएन । धन्न बाकसमा लालपुर्जा थियोे , लालपुर्जा सम्म निकाल्न पाए । अब घर बनाउनेकी छोरा छोरी पढाउने। ’’

IMG 20210514 180115 007 1

लकडाउन को समयमा जताततै बन्द भएको अवस्थामा उनलाई थप समस्या परेको छ । ४ जनाको परिवार अलपत्र परेको अवस्था श्री छत्तिसा देबि मा.बि. बुलिङटार १ थामबेसीमा कार्यरत शिक्षक तथा कर्मचारीहरुबाट प्रधानध्यापक तेजमान श्रेष्ठको नेतृत्वमा रु. २५००० राहत तथा सहयोग स्वरुप प्रदान गरेको विद्यालयका प्रधानध्यापक तेजमान श्रेष्ठले बताउनु भयो ।

त्यसै गरि अस्लामीको परिवारलाई जन उत्थान बाबू समूह,बुलिङटार -१ मकैबारी बाट १६ हजार ४ सय ५०,ठिउरे टोल सुधार समिती एवं युवा संघ बाट ९ हजार २ सय,तिल ब.खण्डलुक बुलिङटार -३ बाट-२ हजार ५ सय, सुजन दवाडी र अमृत दवाडी गोर्खाबाट २ हजार र कृष्ण प्रसाद पोख्रेल बुलिङटार ६ बाट ३ हजार नगद सहयोग समेत प्राप्त भएको छ ।

वडा नं १ का वडाध्यक्ष डिल बहादुर सुर्यवंसीले गाउँपालिकामा वैठक वसि तुरुन्तै राहत उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । हाललाई भने छिमेकीहरुबाट केही खाद्यन्न सहयोग भईरहेको पिडित अस्लामी मगरले बताए ।

कमेन्टहरु