सुनसरीमा धम्की आएको भन्दै पत्रकारद्धारा प्रशासनमा उजुरी दर्ता


सुनसरी । सुनसरीका दुई पत्रकारले आफूहरु माथि ज्यान मार्ने धम्की आएको भन्दै आवश्यक शान्ती सुरक्षा र दोषीलाई कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी दर्ता गराएका छन् ।
सदरमुकाम इनरुवाका पत्रकार दिपेन्द्र कुमार यादव र देवानगञ्जका पत्रकार पुुष्पक कुमार मेहताले आफूहरुलाई ज्यान मार्ने धम्की आएको भन्दै उजुरी दर्ता गराएका हुन । सामाचार लेखेको आरोप लगाउदै प्रदेश पाना र जनसतावदी दैनिकका सम्पादक २८ वर्षिय दिपेन्द्र यादव र नागरिक अभियान डककमका २२ वर्षिय पत्रकार पुुष्पक मेहतालाई ज्यान मार्ने धम्की आएकाले उजुरी दर्ता गरेको हो ।
वैशाख २७ गते पत्रकार यादवलाई मोवाईल नम्बर ९८०२०९४३९३ बाट गाली गलौज सहित ज्यान मार्ने धम्की आएको थियो भने मेहतालाई नागरिक अभियानको फेसबुक पेजको म्यासेन्जरमा समाचार किन लेखेको र डा.इसराईल मंसुरीको विरुद्धमा जाने हो जहाँ छस त्यही ज्यान मार्ने धम्की आएको थियो । धम्की आएको विषयमा पीडित पत्रकारहरुले घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई जानकारी गराएका थिए ।
सो विषयमा वैशख २८ गते पत्रकारदोयले छुट्टाछुट्टै व्यक्तिले धम्की दिएको विवरण खुलाएर प्रजिअ ढकाल समक्ष उजुरी गरेका हुन् । प्रजिअले ढकालले धम्की दिनेलाई आवश्यक कार्वाही गर्न र शान्ती सुरक्षाको व्यवस्था मिलाउन सकलै उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाएको जानकारी दिनुभयो । प्रजिअ ढकालले कोही पनि नागरिक वा पत्रकार लोकतन्त्रमा असुरक्षित नहुने र त्यसो गतिविधि गर्ने वा धम्की दिनलाई छुट नहुने प्रतिकृया दिनुभयो ।
यादवले दिनुभएको उजुरीमा भनिएको शान्ति सुरक्षा सहित धाक धम्की दिनेलाई कारवार्ही गरि पाउँ । गाउँपालिका भोक्राहा नरसिंह वार्ड नं- ७ को वर्ष २८ का दिपेन्द्र कुमार यादवलाई ऐ-जिल्ला भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं- ६ को वर्ष अन्दाजी ३६ वर्षका जमालउद्धिन मंसुरीले मिति २०७८ बैशाख २७ गते दिउँसो ५ः२७ बजेको समयमा मोवाइल नम्बर ९८०२०९४३९३ बाट फोन गरी समाचार लेखेको मा मु लगायतका अश्ल्लि शब्द सहितको गाली गलौज गर्दै त कहाँ हो रुक त्यही बस मारी दिन्छु उठाई लिन्छु, तँलाई तह लगाई दिन्छु भन्दैँ ज्यान मार्ने धम्की दिएकाले विपक्षीलाई पक्राउ गरी आवश्यक कानुनी कारवार्ही गरी मेरो जीवनको रक्षा सहीत आवश्यक सुरक्षाको वतावरण मिलाई दिनु हुन अनुरोध सहित यो निवेदन पेश गर्दछु ।
त्यसैगरी गाउँपालिका देवानगंज गाउँपालिका वार्ड नं- २ मा संचालनमा रहेको नागरिक अभियान डटकमका पत्रकार २२ वर्षिय पुष्पक कुमार मेहतालाई ठेगाना थाहाँ नभएको फेसबुक आइडी नाम आरीफ हुसेन नामको फेसबुक आइडीबाट पत्रकार पुष्पक मेहतालाई मिति २०७८ बैशाख २७ गते दिउँसो ४ः २३ बजेको समयमा म्यासेनजरमा नम्बरमा फोन गरी समाचार लेखेको मा।।मु।।। लगायतका अश्ल्लि शब्द सहितको गाली गलौज गर्दै त कहाँ हो रु त्यही बस मारी दिन्छु उठाई लिन्छु, तँलाई तह लगाई दिन्छु भन्दैँ ज्यान मार्ने धम्की दिएकाले विपक्षीलाई पक्राउ गरी आवश्यक कानुनी कारवार्ही गरी मेरो जीवनको रक्षा सहीत आवश्यक सुरक्षाको वतावरण मिलाई दिनु हुन अनुरोध सहित यो निवेदन पेश गर्दछु भनिएको छ ।























