देश

प्रधानमन्त्री केपी ओली भारतको रोजाइमा थिए : भाजपा नेता

नवलपुर टुडे
२०७८ बैशाख २८ | मध्यान्ह ०५:०१ बजे

काठमाडौं । भारतीय जनता पार्टी भाजपाका नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् ।

नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् । पूर्वमन्त्री समेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबी समेत गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘नेपाल बारे मेरो जानकारीमा भए सम्म प्रधानमन्त्री ओली भारतको रोजाइ थिए । प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्नेछ ।’

 

कमेन्टहरु