लुम्बिनी प्रदेश

बुटवल पावर कम्पनीलाई ‘गोल्ड अवार्ड’

नवलपुर टुडे
२०८० साउन ८ | बिहान १०:०४ बजे

बुटवल । बुटवल पावर कम्पनीलाई ‘पावर एण्ड इनर्जी’ क्षेत्रतर्फको ‘गोल्ड अवार्ड’ बाट सम्मानित गरिएको छ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले प्रदान गर्दै आएको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार ‘बेष्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२२ अन्तर्गतको ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको हो।

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले आर्थिक वर्ष २०७८/७९ (२०२१/२२) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेही र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो।

अर्थमन्त्री प्रकाशशरण महत र आइक्यानका अध्यक्ष भाष्कर सिंह लालाले संयुक्त रूपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरेका छन्। 

कमेन्टहरु