लुम्बिनी प्रदेश

प्युठान कार दुर्घटनामा ४ जना बालबालिकासहित ८ जनाको मृत्यु

नवलपुर टुडे
२०८० जेष्ठ २९ | मध्यान्ह ०६:०२ बजे

बुटवल, जेठ २९ प्यूठानमा कार दुर्घटनमा परी मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा कार दुर्घटना हुँदा ४ जना बालबालिकासहित ८ जनाको मृत्यु भएको हो ।

स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएका हुन । कार अनियन्त्रिण भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवार ४ बालबालिकासहित २ पुरुष र २ महिला गरी ८ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रवक्ता सुशील थापाले जानकारी दिए ।

घटनास्थलबाट घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल प्यूठान पुर्याए लगतै ८ जनालाई चिकित्सकले मृत घोषणा गरेको थापाले बताए । मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रवक्ता थापाले जानकारी दिए ।

कमेन्टहरु