गण्डक नहरको कारण नवलपरासीका जनता त्रासमा बस्नु पर्दैन: विनोद चौधरी


नवलपरासी । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरी नवलपरासी क्षेत्र नम्बर १ बाट आफू निर्वाचित भएपछि बिकासको परिणाम देख्न थालेको बताएका छन । उनको लक्ष्य बिकास नै भएकाले अब पश्चिम नवलपरासीमा ब्यवस्थित रुपमा बिकासको परिणाम देख्न शुरुवात भएको बताए ।
जिल्ला आउने क्रममा आइतबार परासीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा विभिन्न अवरोध र असहयोगलाई चिर्दै सकारात्मक सोचका साथ प्रतिबद्धता पूर्ण रूपमा जिल्लाको विकासका लागि काम गरेका बताए । उनले आफु निर्वाचित भएको ६ महिनामै बिकासको परिणाम सबैले देखिसकेको उल्लेख गरे। पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरीले चुनावी प्रतिबद्धता कार्यान्वयनमा आफू इमानदार भएकोसमेत बताए ।
वर्षौदेखि समस्याका रूपमा रहेको गण्डक आयोजनाको कामले यस क्षेत्रको बासिन्दाको ज्युधन र सम्पत्ति जोगाउन दीर्घकालीन समस्य समाधानका लागि आफ्नो पहलमा तीव्रता पाएको बताए । यस क्षेत्रमा हरेक वर्ष मनसुन आउने बित्तिकै स्थानीय त्रासदीमा बाँच्ने अवस्था थियो ।
बर्षौदेखी बिग्रेका बाँध तथा ठोकर मर्मत सम्भारका लागी अहिले ८० करोडको लागतमा काम तीव्रताका साथ अगाडि बढेको छ बताए । ‘सरोकारवालाहरूले पनि भन्न थालेका छन्, अब बाढीको चिन्ता गर्नुपर्दैन । डुबान र कटानको समस्याको दीर्घकालीन स्थायी समाधानका लागि मास्टरप्लान निर्माण कार्य अगाडि बढेको छ ।’ चौधरीले नारायणघाट–बुटवल सडक खण्डको निर्माण कार्यले तीव्रता पाएको बताए ।























