सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकपको आयोजना नेपालले गर्ने

नवलपुर टुडे
२०७९ कार्तिक २७ | मध्यान्ह १२:०७ बजे

काठमाडौं, कात्तिक २७ । नेपालले पहिलो पटक आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने मौका पाएको छ । सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका हुन् ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आइतबार जिम्बाब्वे, नामिबिया, मलेसिया, थाइल्यान्ड, बंगलादेश र नेपालले सन् २०२४ देखि २०२७ सम्मको यू–१९ विश्वकपको आयोजना अधिकार पाएको जनाएको छ ।
सन् २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप श्रीलंका तथा सन् २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डले आयोजना गर्ने भएका छन् । यस्तै सन् २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने मौका पाएका छन् ।























