महिला क्रिकेटकाे स्वर्णका लागि पुलिस र एपीएफ खेल्दै

नवलपुर टुडे


पोखरा । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको उपाधिका लागि आज दुई विभागीय टिम नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा स्वर्णका लागि एपीएफ र पुलिसबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । राष्ट्रिय खेलकुदमा पुलिसको महिला क्रिकेट टिमले पहिलो पटक सहभागिता जनाएको हो । यसअघिसम्म पुलिसको महिला क्रिकेट टिम नै थिएन । यता, एपीएफले भने राष्ट्रिय खेलकुद निरन्तर खेल्दै आएको छ । पुलिस आफ्नो डेब्यु प्रतियोगितामै स्वर्ण जित्ने लक्ष्यमा छ ।
सोमबार भएको सेमिफाइनलमा एपीएफले लुम्बिनी र नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । पहिलो सेमिफाइनलमा एपीएफले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गरेको थियो । १३० रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १८.२ ओभरमा ६२ रन मात्रै बनाएपछि एपीएफले फराकिलो जित निकालेको थियो । लुम्बिनीका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । लुम्बिनीलाई सस्तैमा रोक्ने क्रममा एपीएफकी नेरी थापाले चार विकेट लिइन् ।
पहिलो ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १२९ रन बनाएको थियो । एपीएफका लागि ओपनर ज्योति पाण्डेले ६९ रन बनाइन् । त्यस्तै, ममता चौधरीले १६ र कप्तान सीता रानामगरले ११ बनाए । लुम्बिनीका कृतिका मरासिनीले दुई र मनिषा रानाले एक विकेट लिए ।
त्यस्तै फाइनल पुग्ने क्रममा पुलिसले बागमती प्रदेशलाई ३६ रनले पराजित गरेको थियो । पुलिसले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १२३ रन बनाएको थियो । पुलिसका काजल श्रेष्ठको ४६ तथा कविता कुँवरको २६ रन बनाए । १२४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ८७ रन मात्रै बनाउन सक्यो । बागमतीका सुमन खतिवडाले २३ तथा अस्मिना कर्मचार्यले १८ रन बनाए ।

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
अरुपनि पढ्नुहोस
सबै
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
















