महिला क्रिकेटमा बागमती प्रदेशले मधेस प्रदेशलाई हरायो

नवलपुर टुडे


कास्की । पोखरामा भैईरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेस प्रदेशलाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मधेस प्रदेशले दिएको ५५ रनको लक्ष्य वागमती प्रदेशले १३ ओभर २ बलमा ८ विकेट गुमाएर पूरा गर्दै अन्तिम चारमा स्थान बनाएको हो । बागमतीको जितमा सुमन खतिवडाले अविजित १७ तथा अनिशा मजाकोटीले अविजित १६ रनको योगदान गरिन् । अस्मिता खरेलले १३ रन जोड्दा कञ्चन श्रेष्ठले ५ रन बनाइन् । मधेसका लागि सरस्वती चौधरी र कप्तान कविता गौतमले समान १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मधेसले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ५४ रन बनाएको थियो । मधेसका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । वागमतीले १९ रन अतिरिक्तका रुपमा खर्चियो ।
मधेसको इनिङलाई सस्तैमा समेट्ने क्रममा वागमतीका लागि विपिसा शाही,सोनी पाख्रीन र खुशी डंगोलले २÷२ विकेट लिए । समूह ए मा रहेको वागमती ४ खेलमा ६ अंकका साथ उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । मधेस भने ४ खेलमा ४ अंकका साथ प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट पुलिस क्लब समूह विजेताका रुपमा सेमिफाइनल पुगिसकेको छ । सोमवार हुने पहिलो सेमिफाइनलमा समूह ए को विजेता नेपाल एपीएफ क्लब र समूह बी को उपविजेता लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।
दोस्रो सेमिफाइनलमा समूह बी को विजेता नेपाल पुलिस र समूह ए को उपविजेता वागमती प्रदेशबीच खेल हुनेछ ।

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
अरुपनि पढ्नुहोस
सबै
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
















