रोनाल्डोको रेकर्ड गोलमा युनाइटेड विजयी

नवलपुर टुडे


एजेन्सी । क्रिस्टियानो रोनाल्डोले क्लबस्तरमा आफ्नो ७ सयौँ गोल पुरा गर्दा म्यानचेस्टर युनाइटेडले एभर्टनको दुई खेलको विजयी यात्रामा पूर्णविराम लगाएको छ । युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै एभर्टनलाई २-१ गोलले हराएको हो ।
खेलको पाँचौँ मिनेटमा नै एलेक्स इओबीको गोलको मद्दतले एभर्टनले खेलमा अग्रता लिएको थियो । तर १५ औँ मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडका लागि खेल बराबरी गरे । उनी युनाइटेडका लागि पहिलो तीन प्रिमियर लिग खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
त्यसपछि एन्थोनी मार्सियाल घाइते भएपछि रोनाल्डो पहिलो हाफमा मैदानमा प्रवेश गर्ने मौका पाए । मैदान प्रवेश गरेको १५ मिनेटमा नै उनले गोल गर्दै युनाइटेडको पुनरागमन पुरा गरे । जीतपछि युनाइटेड ८ खेलपछि १५ अंक बटुल्दै लिगको पाँचौ स्थानमा रहेको छ । एभर्टन भने १० अंकसहित लिगको १२औँ स्थानमा छ ।

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस
अरुपनि पढ्नुहोस
सबै
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
















