महिला साफमा भारतमाथि नेपालकाे ऐतिहासिक जित

नवलपुर टुडे


काठमाडौं । महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक भारतमाथि जित निकालेको छ। शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतमाथि ऐतिहासिक जित निकाल्ने नेपालले १–० को जित निकाल्यो। यसअघिका पाँचैं संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो।
जसमध्ये नेपाल ४ पटक फाइनल र एक पटक सेमिफाइनलमा पराजित भएको थियो। यता, अघिको पाँचौं उपाधि अपराजित रहँदै जितेको भारतको यो पटक पनि लागतार दुई हार बेहोरेपछि पहिलो पटक फाइलन पुग्न असफल भएको छ। यसअघि उ समूहको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएको थियो।
भारतविरुद्ध नेपाललाई जित दिलाउने क्रममा पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले उत्कृष्ट गोल गरेकी थिइन्। उनले प्रीतिलाईको पासमा गोल गरेकी थिइन्।
पहिलो पटक साफा च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले अब फाइनलमा बंगलादेशको सामाना गर्ने छ। बंगलादेशले आजै भएको सेमिफाइनलमा भुटानमाथि ८–०को जित निकालेको थियो। याेसँगै महिला साफले नयाँ विजेता पाउने छ।

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
अरुपनि पढ्नुहोस
सबै
तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
















