खेलकुद

साफ यू–१७ उपविजेता नेपाली टोली स्वदेश फर्कियो

नवलपुर टुडे
२०७९ भदौ ३० | मध्यान्ह ०४:०५ बजे

काठमाडौं । श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिपको उपविजेता नेपाली टोली बिहीबार स्वदेश फर्किएको छ । बुधबार राति सम्पन्न फाइनलमा नेपाल भारतसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थानमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले स्वागत गरेका थिए । फाइनलमा कप्तान प्रशान्त लक्षमले रातो कार्डको सामना गरेपछि नेपाल १० खेलाडीमा समेटिएको थियो । समूह चरणमा नेपालले भारतलाई ३–१ ले हराए पनि फाइनलमा पराजित भएको हो ।

स्वदेश फर्किएपछि कप्तान प्रशान्तले छोटो समयमा नै राम्रो नजिता आएकोमा टिम सन्तुष्ट रहेको बताए । “यु–१७ फुटबलको यो सफलता सुरुवात हो,” उनले थपे, “आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउनेछौँ । यस प्रतियोगिताबाट धेरै कुरा सिक्ने मौका पाएका छौँ ।”

कमेन्टहरु