साफ यू–१७ : श्रीलंकामाथि फराकिलो जित निकाल्दै नेपाल फाइनलमा

नवलपुर टुडे


काठमाडौ । नेपाल साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको सेमिफाइनलमा आयोजक श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपालले फाइनलमा पुगेको हो ।
कोलम्बोमा सोमबार राति भएको खेलमा नेपाललाई जित दिलाउन कप्तान प्रशान्त लक्क्षम, हरिस राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरे ।
खेलको २२ औं मिनेटमा प्रशान्तले पेनाल्टीमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाए । खेलको २३ औं मिनेटमा हरिसले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । खेलको ३१ औं मिनेटमा सुवासले गोल गर्दै नेपाललाई ३–० गोलको अग्रता दिलाए । निरोजले खेलको ३८ औं मिनेटमा नेपालका लागि चौथो गोल गरे ।
खेलको ५१ औं मिनेटमा उनेशले गोल गर्दै नेपाललाई जिततर्फ लिए । खेलको ९० औं मिनेटमा सिजलले गोल गर्दै नेपाललाई ६–० को जित दिलाए । अब नेपालले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल बुधबार हुनेछ ।

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
अरुपनि पढ्नुहोस
सबै
तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
















