एएफसी छनोटमा नेपाल भुटानसँग पराजित

नवलपुर टुडे


काठमाडौ । नेपाल एएफसी यू–२० च्याम्पियनसिप फुटबल छनोटमा भुटानसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा भुटानसँग नेपाल २–० गोलले पराजित भएको हो । बहराइनमा जारी एएफसी यू–२० छनोट फुटबलमा भुटानले नेपाललाई सहज रूपमा पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको भुटानले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकाल्यो ।
भुटानका लागि सोनाम चोजाङ र कर्मा टासी जाम्सोले गोल गरे । खेलको ३३ औँ मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाए । उनकै गोलमा भुटानले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । खेलको ४७ औँ मिनेटमा कर्माले गोल गरेपछि भुटानले २–० गोलको अग्रता बनाएको थियो । खेलको अन्तिम समयमा नेपालका अभिषेक वाइबाले रातो कार्ड खाएपछि नेपाल १० खेलाडीमा समेटिएको थियो ।
नेपाललाई पराजित गर्दै कमजोर मानिएको भुटानले एएफसी यू–२० छनोटमा सुखद सुरुआत गरेको छ । छनोट हुने लक्ष्यसहित बहराइन प्रस्थान गरेको नेपालले भने समूह ‘बी’ कै कमजोर टिमसँग हार्दै खराब सुरुवात गरेको छ । समूह ‘बी’ मा आयोजक बहराइनसँगै, नेपाल, कतार, बंगलादेश र भुटान रहेका छन् ।

‘अशक्तको घरमा प्रजिअ’ : बैतडीमा घरदैलोमै पुगेर नागरिकता वितरण

कपिलवस्तुको कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

आज देशका केही स्थानमा वर्षाको सम्भावना

नवलपरासीमा तीन वटा मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु, ४ जना घाइते

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
अरुपनि पढ्नुहोस
सबै
तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा
















