तारा एयरको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको शव काठमाडौं ल्याइयो (तस्बिरहरु)

नवलपुर टुडे
२०७९ जेष्ठ १६ | मध्यान्ह ०७:०२ बजे

काठमाडौं, जेठ १६ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकामध्ये दश जनाको शव काठमाडौं ल्याइएको छ । पहिलो चरणमा पोस्टमार्टमका लागि दश जनाको शव काठमाडौं ल्याइएको हो ।
२२ जना यात्रु सवार रहेको जहाज दुर्घटनामा २१ जनाको शव भेटिएको छ । प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको मुस्ताङका डीएसपी रामकुमार दानीले बताए । दश जनाको शव नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो ।
शवहरूलाई पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा लगिने जनाइएको छ । शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने तारा एयरले जनाएको छ ।


























