मुख्य समाचार

नवनिर्वाचित मेयर बालेनले पहिलो नगरकार्यपालिका बैठकबाट गरेका निर्णयहरु….

नवलपुर टुडे
२०७९ जेष्ठ १६ | मध्यान्ह ०५:०२ बजे

काठमाडौं, जेठ १६ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले पहिलो नगर कार्यपालिका बैठकबाट सार्वजनिक सरोकारका विषयमा केही निर्णयहरु गरेका छन् ।

आज दिउँसो ४ बजे बसेको नगर कार्यपालिका बैठकले फोहोरमैला व्यवस्थापन गर्ने, होटेल रेस्टुँराका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोगमा ल्याउने, महानगरको गुनासो लिन कल सेन्टर खडा गर्ने, इन्फ्राइस्ट्रक्चरको रुपमा विभिन्न काम गर्न एम्बुलेन्सले तत्काल सेवा दिनेगरी सञ्चालनमा ल्याइने निर्णय गरेको हो ।

सोही क्रममा मेयर बालेनले सिसडोलबासीलाई धन्यवाद पनि दिएका छन् । काठमाडौंमा उत्पादन भएको फोहोर ७५ प्रतिशत मलमा कन्भर्ट गर्न सकिने उनको भनाइ छ । महानगरको गुनासो लिन ३२ वडाको ३२ वटा डाटा बेस गुनासाहरु सुनुवाइका लागि कल सेन्टर सञ्चालनमा ल्याउने र टास्क फोर्समार्फत तत्काल एक्सन लिने बैठकले निर्णय गरेको छ ।

यस्तै इन्फ्राइस्ट्रक्चरको रुपमा एम्बुलेन्सले तुरुन्तै महानगरभित्रका समस्या समाधान गर्ने गरी सुरुआत गरिने निर्णय पनि बैठकबाट भएको छ ।

कमेन्टहरु