राजनीति

स्वतन्त्र उम्मेदवार लगायत समर्थक र प्रस्तावकलाई सिरहा कांग्रेसद्वारा कार्बाही

नवलपुर टुडे
२०७९ जेष्ठ १४ | मध्यान्ह ०२:०२ बजे

विनोद मण्डल
सिरहा । पार्टीको निर्देशन नमान्ने सिराहाका ३ जना कार्यकर्ताहरुलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिरहाले कारवाही गरेको छ । लहान नगरपालिकाको जेठ १४ मा हुने भनिएको कार्यपालिका सदस्यहरूको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेद्वारहरुको विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर कांग्रेसको आधिकारिक उम्मेदवारहरुलाई पराजित गरेकोको आरोपमा कार्बाही गरेको हो ।

स्वतन्त्र उम्मेद्बारी दिएका उम्मेदवारको समर्थक र प्रस्तावक लगायत रवीन्द्र चौधरी लहान नगरपालिका वडा ७ महेन्द्र ठाकुर लहान नगरपालिका वडा न ९ र तेज नारायण ठाकुर लहान नगरपालिका वडा न २३ लाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिरहाले आज एक सुचना जारी गरि जानकारी दिएको छ ।

photo 2022 05 28 14 02 19

कमेन्टहरु