Opens in a new tab

मुख्य समाचार

आज बस्ने प्रतिनिधि सभाको बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

नवलपुर टुडे
२०७९ जेष्ठ १४ | बिहान ०७:०२ बजे

काठमाडौं । प्रतिनिधि सभाको शनिबार (आज) बस्ने बैठकमा सरकारले आर्थिक वर्ष २०७८/७९ आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ। बैठक शनिबार बिहान ११ बजे बस्ने छ।

बैठकमा शुक्रबारका लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन सकेको थिएन । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ। अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेस गर्ने छन्।

यही जेठ १५ गते (आइतबार) संघीय संसद्को‌ संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट पेस गर्ने छन्।

कमेन्टहरु