पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – १ अध्यक्ष पदको लागि धनपाल चौधरीको उम्मेद्बारी घोषण

जगत ठाडा मगर
२०७८ फाल्गुन २४ | मध्यान्ह ०३:११ बजे

बिनोद निगम
नवलपरासी । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी गतिविधिहरु बढ्न थालेका छन् । पश्चिम नवलपरासीको स्थानीय तहमा पनि धेरै स्थानिय नेताहरुले मतदातामाझ भेटघाट गर्दै उमेद्वार घोषण गर्ने क्रम जारी छ ।
आफ्ना चुनावी एजेन्डाहरु स्थानीय माझ राख्ने क्रममा नेकपा माओवादीका युवा नेता धनपाल चौधरीले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका – १ को वडा अध्यक्षमा उम्मेद्बारी घोषणा गरेका छन ।
स्थानीय तहको आगामी बैशाख ३० गते हुने निर्बाचनका लागि पाल्हिनन्दन – १ को अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । समाजसेवामा सक्रिय चौधरीले आफ्नो उम्मेदवारी स्थानीयबासीको दुखमा साथ दिनका लागि भएको बताउनुभएको छ ।
चौधरीले स्थानीय जनताले चुनाबमा निर्बाचित गराए, वडाको विकास, सम्बृद्धि र स्थानीयबासीको पीर, मर्का र समस्या समाधानका लागि आफुले पहल गर्ने बताए ।






















