सुस्तामा एमाले संगठन विस्तार तीव्रता


रबिन्द्र यादव
नवलपरासी । “मेरो वडा म जिताउछु, हाम्रो पालिका हामी जिताउछौ, टोल टोलमा संगठन, घर घरमा एमालेजन” भन्ने अभियानका साथ नवलपरासी पश्चिम सुस्ता गाउँपालिकामा नेकपा एमालेले संगठन विस्तार कार्यक्रम शुरू गरेको छ।
सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गरे संगै सुस्ता गाउँपालिकाका ७० औटै टोलहरुमा पार्टीको टोल कमिटी गठन गरी संगठनलाई चलायमान गराई अबको निर्वाचनमा नेकपा एमालेका सबै उमेद्वारहरूलाई बिजयी गराउने प्रयासका साथ अगाडी बढ़ेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम सुस्ता कमिटी इंचार्ज धन बहादुर गुरुङ्गले जानकारी दिनुभएको छ ।केही समय पार्टीको केन्द्रमा भएको उतार चढावले गर्दा संगठन जुन किसिमले अघि बढ्न पर्ने बढ़न सकेको थिएन।
महाधिवेशन, जिल्ला अधिवेशनपछि संगठन जिल्ला भरि नै गति लिएको बताइएको छ । हामी निर्वाचित भएर आईसकेपछि सुस्तामा भएका बिकास, पार्टीका नीति तथा सिद्धान्त, अब हुने बिकास तथा सुस्तालाई समृद्ध सुस्ता बनाउनका लागी आगामी कार्ययोजना सहित सबै घर परिवारमा पुग्ने गरी टोल कमिटीहरु गठन भईरहेका जानकारी नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवम सुस्ता कमिटी सह इंचार्ज तथा सुस्ता पालिका प्रमुख राम प्रसाद पाण्डेयले बताए ।
फाल्गुण १५ गते पालिका कमिटी सचिवालय बैठकले निर्णय गरेर सुस्ताका सबै टोलमा ३० गते भित्र टोल कमिटी गठन गरी प्रशिक्षण पार्टी प्रवेश सहितका योजना सहित अधि बढाइने जनाएको हो । पार्टी वडा कमिटी राष्ट्रिय युवा संघ पालिका, वडा कमिटी गठन भैसकेकाले अब अनेम संघ वडा कमिटी लगायत सबै जनबर्गिया संगठनहरुलाई विस्तार गरी आगामी निर्वाचनमा सूर्य ध्वजा बाहक सबैलाई बिजयी गराउन हामी एकजुट भई संगठन विस्तार अभियानमा जूटेका छौ भनी नेपाल कम्युनिस्ट पार्टी सुस्ता पालिका अध्यक्ष ज्ञान प्रसाद पाठक (संतोष)ले बताएका छन् ।
अभियान सुरु गरेको पहिलो हप्तामा सुस्ताका ३० ओटा टोलहरुमा एमालेको टोल कमिटी गठन भैसकेका छन। राष्ट्रीय युवा संघ सुस्ता पालिका कमिटीले युवा भेला, अनेम संघको वडा कमिटी गठनहरु लगायतका कार्यक्रम हुदै आएका छन्। केही महिना अगाड़ी सुस्ता गाउँपालिका कमिटीले बृहत कार्यकर्ता भेला आयोजना गरि सात सय जनाको संख्यामा अन्य पार्टी परित्याग गरी एमाले पार्टी प्रवेश गराइएको थियोे ।






















