” नेलशन मण्डेला र रेशम चाैधरि”


बलदिप राई
महिला पत्रकार स्टिना डाब्राेस्कीले सन् १९९४ मा राष्ट्रपतिभवनमा गएर नेलशन मण्डेलालाई यस्ताे प्रश्न साेधेका थिए:
” हिजाे जेलमा रहँदा तपाईलाई छुट्छु भन्ने के कुराले
आशावादी बनाएकाे थियाे ?”
मण्डेलाले जवाफमा यसाे भनेका थिए:
” मलाई आशावादी बनाउने चिज भनेकाे मेराे साथी,
सहकर्मी अनि मेराे पार्टी थियाे । “
मण्डेला एकलाे व्यक्ति जेलमा बसेका थिएनन् । उनी आफ्ना लाखाैँ शुभचिन्तक साथीहरू र पार्टीकाे विचार थियाे । अर्थात उनी व्यक्ति थिएनन् एक संस्था थिए ।
उनी जेलभित्र बसे पनि बाहिर शुभचिन्तक र पार्टी समर्पित भावनाले संगठित र संघर्ष गरिरहेका थिए । मण्डेला जेल गए पनि उनका जनता तितरबितर भएनन् , हात उठाएनन्, आत्मसमर्पण गरेनन् । अन्ततः मण्डेलाकाे राजनीतिक मिसन सफल भयाे ।
यता हाम्राे रेशम चाैधरी जेलमा छन् । उनी जेलबाट छुट्न काेसंग भराेसा राख्ने ? आफन्त ? पार्टी ? अदालत ? काेही छैनन् ।
रेशम चाैधरी कुन पार्टीकाे नेतृत्व गरेर आन्दाेलन गरेका थिए ? त्याे पार्टी कहाँ छ ? त्याे पार्टीकाे आईडियाेलाेजी के थियाे ?
रेशम चाैधरीसंग हिजाे आन्दाेलन गर्ने सहकर्मी अहिले कता के गर्दैछन् ? अन्तिम अवस्थामा आएर उनी लागेकाे पार्टी (तेश्राे ठुलाे दल) ले उनलाई छुटाउने प्रयत्न किन गरिरहेकाे छैन ?
हाे, रेशमकाे आफन्त हामी सामाजिक भीडमात्र हाैँ, राजनीतिक भिड हाेइनाैँ । हाम्राे सामाजिक अवस्था कविला युगकै छ, अझै राष्ट्र भएका छैनाैँ । चेतनाले हामी नागरिक भएका छैनाैँ, अझै दास र रैतिकै हैसियतमा छाैँ ।
रेशमकाे आफन्त हामी अझै आधुनिक कमलरी भएर बसेका छाैँ; काग्रेस-कम्युनिष्टकाे हलिगाेठालाे भएर बसेका छाैँ; शिक्षा चेतना ग्रहण गर्नेमा भन्दा घुँगी, भ्याकुता, गंगटा बटुल्नमा मात्र अलमलिएका छाैँ; दमनकारी पीडकहरूकाे तालु ठट्टाउनु पर्नेमा ढाेल, झ्याम्टा, डमरू, डम्फु मात्र ठट्टाउदै बसेका छाैँ; धराने वंगुर र जाँडकाे पाेषले भट्टीका साहुनीकाे फिला चिमाेट्दै बिताएका छाैँ; लाईब्रेरीमा हाेइन, लैबरीमा उमेर कटाइरहेका छाैँ । रेशम चाैधरीकाे हामी आफन्तले आफ्नाे संस्कृतिलाई राजनीतिक पुँजी बनाउन सकेका छैनाैँ ।






















