राजनीति

जनता प्रगतिशील पार्टीको केन्द्रीय सदस्यमा श्रवण उपाध्याय(राजन)मनोनयन

जगत ठाडा मगर
२०७८ फाल्गुन २२ | बिहान १०:११ बजे

कपिलवस्तु, फागुन २२ । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका वडा नं ५ बलुहवा बस्ने श्रवण कुमार उपाध्याय( राजन उपाध्याय)जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् l

पेशाले कानुन व्यवसायी रहेका उपाध्यायलाई आज जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्रले उहाँलाई केन्द्रीय सदस्यमा मनोनीत भएको केन्द्रीय अध्यक्ष हृदेयश त्रिपाठी हस्तारिक्षत पत्र हस्तांतरण गरेका छन् l

कम समयमा नै कपिलवस्तु जिल्लामा जनता प्रगतिशील पार्टी नेपाल जन समुदाय माझ लोकप्रिय बन्दै गएको र विभिन्न पार्टीका वडा, पालिका, जिल्ला तथा केन्द्र स्तरीय नेताहरु सम्पर्कमा रहेको र जनता प्रगतिशील पार्टी नेपालमा सामेल हुन समेत सक्ने जनाईएको छ l

कमेन्टहरु