Opens in a new tab

मुख्य समाचार

पल शाह प्रकरणमा साइबर अपराधको कारबाहीमा पर्ने १६ युट्युब च्यानल

जगत ठाडा मगर
२०७८ फाल्गुन २१ | बिहान ०८:११ बजे

काठमाडौं । नेपाल प्रेस काउन्सिल नेपालले दर्ता नभएका १६ युट्युब च्यानलमाथि साइबर अपराध मुद्दा अन्तर्गत कारबाहीका लागि सिफारिस गरेको छ ।

पल शाह प्रकरणमा वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुर्‍याउने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरी नाम, तस्वीर र भिडिओ सामग्री सम्प्रेषण गरेको पाइएपछि ती युट्युब च्यानललाई कारबाहीको दायरामा ल्याउन लागिएको हो ।

यस्ता किसिमको गतिविधिले न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रकृयामा प्रभाव पर्ने भएको भन्दै आरोपी र जाहेरीवालाको पक्ष विपक्षमा सामग्री सम्प्रेषण भइरहेको प्रति काउन्सिलले गम्भीर चासो देखाएको छ ।

यसै क्रममा काउन्सिलले २२ अनलाइन मिडियालाई सचेत गराउनुका साथै १० ओटा वेबसाइट नेपालभित्र नचल्ने गरी प्रतिबन्ध लगाउन नेपाल दूरसञ्चार प्राधिकरणमा सिफारिस समेत गरेको छ ।

निम्न युट्यबु च्यानलहरु कारबाही सिफारिसमा परेका छन् ।

१. टीसीने नेपाल

२. सुपर अनलाइन

३. एवन समाचार

४. मिडिया ताजा खबर

५. नेपाली मन मिडिया

६. पुमा गौरव राई

७. नौलो शुभ अनलाइन

८. नयाँ खोज नेपाल

९. लक्ष्मण म्युजिक मिडिया

१०. अर्घाखाँची मिडिया

११. विशाल नेपाल

१२. मुन अफ नेपाल

१३. डीएमजी नेपाल

१४. नेपाली माटो

१५. समर्पित प्रकाश

१६. राताेपाटी मिडिया

कमेन्टहरु