Opens in a new tab

देश

दैलेखमा भान्सा कोठामा सुतेका आमा-छोराको धुँवामा निसासिएर मृत्यु

जगत ठाडा मगर
२०७८ फाल्गुन २१ | बिहान ०७:११ बजे

दैलेख । दैलेखको ठाँटीकाँधमा भान्साकोठामा निसासिएर आमा छोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार ठाँटीकाँध गाउँपालिका– १ पिपलचोकका ४० वर्षीया हरिकला बादी र उनका छोरा १८ वर्षीय रमेश बादीको धुँवामा निसासिएर मृत्यु भएको हो ।

बिहीबार राति भान्सा कोठामा सुतिरहेका आमा छोरा शुक्रबार दिउँसो मृत फेला परेका हुन्। भान्छा कोठामा चुल्होको नजिक सुतेका उनीहरूको ओछ्यानमा आगो सल्किँदा उनीहरु निसासिएर उनीहरुको ज्यान गएको अनुमान प्रहरीले गरेको छ। आगोले उनीहरूको शरीरको केही भागसमेत जलेको छ।

‘खरले छाएको घरभित्र आमाछोरा चुलो नजिक सुतेका रहेछन्, उनीहरूले ओछ्याएको गुन्द्री र सिरक चुलोतिर पुगेर आगो सल्किँदा घटना भएको पाइयो,’ दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले भने, ‘उनीहरूको शरीरको केही भाग जलेको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

कमेन्टहरु