आइतबारसम्मको लागि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

जगत ठाडा मगर
२०७८ फाल्गुन २० | मध्यान्ह ०५:११ बजे

काठमाडौं, फागुन २० । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेपछि बैठक स्थगित भएको हो । बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो ।
बैठकमा नेता श्रेष्ठले एमसीसीका विषयमा आफ्नो फरक मत राखेका थिए । श्रेष्ठले प्रचण्डले नै पत्रकार सम्मेलन गरेर आफूलाई पार्टी छोड् भनेको बताए । लगत्तै प्रचण्डले जवाफ फर्काएका थिए । बैठकमा प्रचण्डले यथास्थितिमा एमसीसी पास नगरेको स्पष्ट पारेका थिए।
बैठकमा प्रचण्डले पार्टी विभाजनअघि नेकपा हुँदा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी जस्ताको त्यस्तै पास गर्न खोजेको समेत बताए। उनले पार्टीको महाधिवेशनको निर्णयअनुरुप एमसीसी परिमार्जनसहित पारित भएको धारणा राखे ।






















