नेपाली कांग्रेस पर्साकाे सभापतिमा जनार्दन सिंह क्षेत्री सहित पुरै प्यानल विजयी


पवन प्रसाद साह
वीरगंज । नेपाली कांग्रेसकाे १४ औं जिल्ला अधिवेशन अन्तर्गत बिहीबार भएकाे मतदानकाे शुक्रबार विहान आएकाे अन्तिम मतगणनाकाे नतिजा अनुसार संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् ।
नेपाली कांग्रेस पर्साकाे जिल्ला सभापतिमा जनार्दन सिंह क्षेत्रीसहित उनका पुरै प्यानल विजयी भएकाे हुन् । क्षेत्री ४ सय ६५ मतकाे अन्तरले विजयी भए । क्षेत्रीले एक हजार एक सय १० मत प्राप्त गरेका छन् भने संस्थापन इतर पक्षका सभापतिका उम्मेदवार श्याम पटेलले ६ सय ४५ मत प्राप्त गरेका छन् । सभापतिमा निर्वाचित क्षेत्री तत्कालिन जिल्ला विकास समिति पर्साका पूर्व सभापति हुन् ।
उप सभापतिमा क्षेत्री प्यानल कै रामनारायण प्रसाद कुर्मी र अशाेक कुमार गुप्ता विजयी भएका छन् । कुर्मीले एक हजार २ सय ३५ मत र गुप्ताले एक हजार एक सय २ मत प्राप्त गरेका छन् भने उप सभापतिका पटेल प्यानलका उम्मेदवार डा. कृपा सिन्धु चाैधरीले ५ सय ८५ मत र राजु कुमार गुप्ताले ४ सय ८२ मत पाएका छन् ।
सचिवमा क्षेत्री प्यानल कै इम्तियाज आलम र दिनेश कुमार चाैधरी विजयी भएका छन् । आलमले एक हजार एक सय ७ मत र चाैधरीले एक हजार एक सय ५९ मत प्राप्त गरेर विजयी भएका हुन् भने पटेल प्यानलका विश्वराज घिमिरे ४ सउ ६५ मत र विरेन्द्र यादवले ५ सय ९७ मत पाएका हुन् ।
सह सचिवमा क्षेत्री प्यानलकै नविन कुमार सिंह र मदन राउत अहिर विजयी भएका छन् । सिंहले सब भन्दा बढी एक हजार २ सय ५३ मत र अहिरले एक हजार एक सय ११ मत प्राप्त गरेका छन् भने पटेल प्यानलका लुकमान अन्सारीले ४ सय ५१ र दिलिप राज कार्कीले ५ सय ८२ मत पाएका छन् ।
क्षेत्री प्यानललाई संस्थापन पक्षका नेता पार्टीका केन्द्रिय सदस्यद्वय रमेश रिजाल, अजय चाैरसिया, पूर्व केन्द्रिय सदस्य सुरेन्द्र चाैधरी, नेता अनिल रुगंटा लगायतका नेताकाे समर्थन रहेकाे थियाे भने पटेल प्यानललाई संस्थापन इतर पक्षका नेता निर्वतमान जिल्ला सभापति अजय द्विवेदी, नेता राजेन्द्र बहादुर अमात्य लगायतका नेताहरुकाे समर्थन रहेकाे थियाे ।
त्यसै क्रममा विजय भएका पदाधिकारीहरुलाई नेपाली काँग्रेसका युवा नेता धिरज गुप्ता र राहुल कुमार गुप्ताले फुलमाला लगाई स्वागत गरेका थिए ।






















