राजनीति

स्थानीयतहको निर्वाचनसम्म रामचन्द्र नै सभापति ? सिरहा काँग्रेस अधिवेशन अन्यौल

जगत ठाडा मगर
२०७८ फाल्गुन १९ | मध्यान्ह ०८:११ बजे

बिनोद मण्डल
सिरहा, फागुन १९ । नेपाली कांग्रेसको सिरहा जिल्ला अधिवेशन अन्यौलमा परेको छ । फागुन २० गते जिल्ला अधिवेशन तोकिएपनि उम्मेदवारी दर्ता आज हुन नसकेको काँग्रेसी नेता कार्यकर्ताले बताए ।

जिल्ला अधिवेशनको लागि फागुन १८ गते उम्मेदवारीको मिति तय भएको थियो । सिरहा जिल्ला कार्य समिति चयनका लागि सभापतिमा रामचन्द्र यादव र रामसुन्दर चौधरी प्रतिस्पर्धा रहेका छन् । उम्मेदवारी दर्ता नभएपनि आ – आफ्नो पक्षमा मतको लागि घरदैलो कार्यक्रम गर्दै आएको छ । बुधबार सिरहामा भएको कांग्रेस नेताहरुको भेलामा नेपाली कांग्रेस जस्तो पार्टीमा सिरहामा न त उद्घाटन सत्र भएको छ । न कतै बन्द सत्र भएको छ । यसलाई व्यवस्थापन गरेपछि निर्वाचनबाटै सभापति चयन हुने नेतृ गुडिया खातुनले बताइन् ।

फागुन २० गते निर्वाचनको मिति तोकिएको छ । तर, न त निर्वाचन अधिकृतले कार्यक्रम निकाल्न सकेको छ । न मतदान स्थल टुङ्गो लागेको छ । होला कि नहोला निर्वाचन कांग्रेसीहरु अन्यौलमा परेको छ । एक स्रोतले भने ‘निर्वाचन होला न होला’ रामचन्द्र यादव नै सभापति हुने दावी गरेका छन् । उनले भने फागुनको अन्तिम साता स्थानीयतहको निर्वाचनको लागि आचारसँहीता लागु हुँदैछ ।

आचारसँहीतामा यस्तो किसिमको अधिवेशन नहुन पनि सक्छ । स्वत रामचन्द्र यादव सभापति रहने दावी गरेका छन् । अर्कापक्ष काँग्रेसको जिल्ला अधिवेशन विधिवत रुपमै हुन्छ । फागुन २० मै हुन्छ । त्यसका लागि रामसुन्दर चौधरीको प्यानल कसिलो बनेको दावी गरेको छ । सिरहा लगायत देशभरिकै अन्य जिल्लामा पनि सदरमुकाममै कांग्रेसको अधिवेशन हुँदै आएको छ । यसपालि पनि अन्य जिल्लामा त्यही भएको छ ।

सिरहामा रामचन्द्र यादवको पक्षले गोलबजार प्रस्ताव गरेपछि विवाद सृजना हुने देखिएको छ । चौधरीपक्षले सदरमुकाममा पार्टी कार्यालय छ । शान्ति सुरक्षा छ । पहिलेदेखि त्यही हुँदै आएकोले विवाद सृजना गराउनु उचित छैन् ।’ यता, सभापति रामचन्द्र यादव निकट स्रोतले बिहीबार ८ बजे बैठक बसेर निर्वाचन विषयमा छलफल हुने जनाएको छ ।

कमेन्टहरु