Opens in a new tab

खेलकुद

आज नेपाल र मरिससबीच मैत्रीपूर्ण खेल हुँदै

जगत ठाडा मगर
२०७८ माघ १५ | बिहान ०८:१० बजे

काठमाडौं, माघ १५ । आज नेपाली राष्ट्रिय फुटबल टोली र अफ्रिकी देश मरिससबीच पहिलो मैत्रीपूर्ण खेल हुन लागेको छ। दशरथ रंगशालामा आज अपराह्न ४ः४५ बजे मैत्रीपूर्ण खेल हुनेछ। दुई देशबीच दुई वटा मैत्रीपूर्ण खेल हुने तय भएको छ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुवै खेलका लागि दुई वटा टोली घोषणा गरेका छन्। मरिसससँगको खेलमा फरकफरक टोली उत्रिनेछन् । यसका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले एक तिहाइ दर्शक राखेर खेलाउन स्वीकृत दिइसकेको छ। साधारण टिकटको पाँच सय र भीआईभी प्यारापिटको टिकटको एक हजार मूल्य तोकिएको छ।

प्रि-म्याच कन्फ्रेन्समा दुवै देशका कप्तानले मैत्रीपूर्ण खेल भए पनि जितका लागि खेल्ने बताएका छन्। त्यसका लागि दुवै टोली तयार रहेको बताएका छन्।

कमेन्टहरु