अर्थ

नेपाली बजारमा सुनको मुल्यमा गिरावट

जगत ठाडा मगर
२०७८ माघ १४ | बिहान ११:१० बजे

काठमाडौ । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो।

बिहीबार पनि सुनको भाउ समान रकमले घटेको थियो।
यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा झरेको छ। तेजावी सन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ पनि बिहीबारको तुलनामा प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्टहरु